बामदेव पनि ओलीसँग असन्तुष्ट
१३ जेठ,
काठमाडौं–केही समयदेखि पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट भएको उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल खनाल पक्षको भेलामा सहभागी भएका थिए । कुनै बेला ओलीलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् ।
गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यसअघि नेपाल खनाल पक्षको कुनै पनि समूह भेलामा सहभागी नभएका गौतम पक्षीय केही नेता मंगलबार र बुधबारको भेलामा सहभागी थिए ।
यसरी सहभागी हुने गौतम पक्षीय नेतामा केशवलाल श्रेष्ठ, उदयराज पायडे, उमा कोइराला, बाबुराम थापा, लक्ष्मी ज्ञवाली, शिव गुरुङलगायतका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.