चोरियो हार भाडामा बस्ने कांग्रेस नेतृको

जेठ १३ काठमाडौं–
पछिल्लो समय राजधानीमा चोरी बढेको छ । हरेक दिन चार पाँचवटा चोरीका घटना प्रहरीमा उजुरी हुने गरेको छ । सिक्री लुट्ने समूह पनि सक्रिय भएका छन् । यसैबीच, कांग्रेस नेर्त कुमारी राईको डेरामा चोरी भएको छ । मैतीदेवी मन्दिरपछाडि बद्री श्रेष्ठको घरमा भाडामा बस्ने राईको कोठाबाट हीराको हार, मुगाको माला तथा सात हजार रुपैयाँ चोरी भएको हो । 
कोठामा कोही नभएको अवस्थामा चोरहरुले ढोका फुटाएर २ जेठमा चोरी गरेका हुन् । प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । नेतृ राई कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य हुन् । सुनसरी घर भएको उनी हाल महासमिति सदस्य छिन् । 
१३ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् । अआजको नयाँ पत्रिका दैनिकमा खबर छ । - See more at:

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.